२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

फ्रेन्डसिप कप : नेपाल गुजरातविरुद्ध ब्याटिङ गर्दै



एसएमएस फ्रेन्डसिप कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले घरेलु टोली गुजरातविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।

गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ रोज्नुभएको हो ।

नेपाल आज गुजरातमाथि ह्याट्रिक जित निकाल्दै च्याम्पियन बन्ने अभियानमा छ । लिग चरणमा नेपालले गुजरातलाई आठ विकेट र आठ रनले हराएको थियो । 

नेपालले बरोडा क्रिकेट सङ्घलाई २७ रन हराएको नेपाल लिग चरणको अन्तिम खेलमा बरोडासँग ३७ रनले पराजित भएको थियो । गुजरात बरोडालाई पाँच विकेट र ५७ रनले पराजित हराएर फाइनलमा नेपालसँगको भिडन्त पक्का गरेको हो । 

गुजरातविरुद्ध नेपाल-११

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दिप जोरा, विवेक यादव, गुलसन झा, करन केसी, सोमपाल कामी र अविनाश बोहोरा । 


प्रतिक्रिया दिनुहोस !