२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

एसएमएस फ्रेन्डसिप कप टी-२० प्रतियोगिताको उपाधि नेपाली टोलीले उचाल्यो



काठमाडौं । भारतमा जारी एसएमएस फ्रेन्डसिप कप टी-२० प्रतियोगिताको उपाधि नेपाली टोलीले उचालेको छ। आइतबार गुजरात क्रिकेट एसोसियसनको टिमसँगको उपाधि भिडन्तमा नेपालले १८ रनले विजयी बनेको हो । नेपाल लिग चरण विजेता र गुजरात उपविजेताका रूपमा फाइनलमा पुगेका थिए। लिग चरणका दुवै खेलमा गुजरातलाई हराएको नेपालले उसैलाई हराउँदै उपाधि जितेको हो।

गुजरातलाई रोक्न नेपालका लागि अविनास बोहोराले ३ विकेट र दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए। एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिजको उपाधि भिडन्तमा नेपाली राष्ट्रिय टोलीले गुजरातसामु १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टस जितेर ब्याटिङ गरेको नेपाली टोलीले कप्तान रोहित पौडेको अर्धशतक मद्दतमा निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल तयार पारेको थियो।

जसलाई पछ्याउने क्रममा गुजरात पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १५८ रनमै समेटिएको हो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ७४ रन बनाउँदा क्याच आउट भए। रोहितले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका थिए। नेपालका लागि ब्याटिङतर्फ ओपनर आशिफ शेख ३४ र कुशल भुर्तेल १९ रन बनाएर आउट भए। दीपेन्द्र सिंह ऐरी ७ रनमा क्याच आउट भए। कुशल मल्ल ३१ र सन्दीप जोरा ७ रनमा नटआउट रहे। गुजराताका लागि जयमित, शेन पटेल, तेजस पटेल र जला युवराजसिंहले समान एक एक विकेट लिए।


प्रतिक्रिया दिनुहोस !