२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

बस्नेतले सनसाइन अपार्टमेन्ट र भारतमासमेत पटक–पटक बलात्कार गरेको जाहेरीपछि प्रहरीले थाल्यो अनुसन्धान



काठमाडौं । काठमाडौं प्रहरी परिसरले पूर्वमन्त्रीसमेत रहेका नेकपा (एमाले) का नेता महेश बस्नेतमाथि अनुसन्धान सुरु गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बस्नेतमाथि अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि प्रहरीले अनुसन्धान थालेको हो । सरकारी वलिक कार्यालयका प्रमुख सन्देश श्रेष्ठले प्रहरीलाई बस्नेतमाथिको उजुरीबारे छानबिन गर्न पत्र पठाइएको बताए । एक महिलाले बस्नेतले आफूलाई पटकपटक बलात्कार गरेको भन्दै हुलाकमार्फत सरकारी वकिल कार्यालय र प्रहरीलाई जाहेरी पठाएकी थिइन् । सोही जाहेरी प्राप्त भएपछि अनुसन्धान सुरु भएको काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । पीडित महिलाको जाहेरीमा बस्नेतले आफूमाथि काठमाडौंको बबरमहलस्थित सनसाइन अपार्टमेन्ट र भारतमा समेत पटक–पटक बलात्कार गरेको उल्लेखग रेकी छिन् ।


प्रतिक्रिया दिनुहोस !