२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

यस्तो छ नेपाल र वेस्ट इण्डिज ए बीचको टी-२० सिरिजको तालिका



वेस्ट इण्डिज ए टिम नेपाल टुरमा आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार वेस्ट इण्डिज ए टिमले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग ५ टी-२० खेल्ने छ ।

यो टी-२० सिरिज अप्रिल २५ देखि मे ५ सम्म हुने क्यानले जनाएको छ । नेपालले यस सिरिजलाई टी-२० विश्वकपको तयारीका लागि खेल्ने छ ।

सार्बजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं ४ मे मा हुने छ ।

टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुने छन् । 

हाल नेपाली क्रिकेट टिम ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कपको तयारीमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस !