१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

राष्ट्रियसभा उपाध्यक्षमा एमाले र कांग्रेसको भीडन्त, सत्ता गठबन्धनमा माधवको अडान कायमै



काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेको तर्फबाट विमला घिमिरे र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएकी छन् । राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन यही चैत २८ गते हुँदैछ । संसद भवन बानेश्वरमा पुगेर घिमिरे र पुडासैनीले उम्मेदवारी दर्ता गराएका हुन् । घिमिरेलाई सत्ता गठबन्धनको पनि समर्थन छ।

यद्यपि, माधव नेपाल नेतृत्वको नेकपा एसले दाबी छाडेको छैन। त्यसबारेमा तीन कम्युनिस्ट पार्टीका नेताहरुबीच सहमतिको प्रयास पनि जारी छ । यसअघि सत्ता गठबन्धन फेर्ने बेला नेकपा एमाले, माओवादी केन्द्र, जसपा र रास्वपाबीच राष्ट्रिय सभा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो । तर गठबन्धनमा नेकपा एस थपिएपछि सो बुँदा तत्कालका लागि हटाइएको थियो । माओवादी केन्द्रका १७, नेकपा एमालेका वामदेव गौतमबाहेक ९, नेकपा एसका ८ र जसपाका ४ सांसद छन्।

५८ जना सदस्य कायम रहेको राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० जना सांसद संख्या आवश्यक पर्छ। उर्मिला अर्यालले उपाध्यक्षबाट राजीनामा दिएपछि उक्त पदमा निर्वाचन हुन लागेको हो । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा यही २८ गते हुँदैछ।


प्रतिक्रिया दिनुहोस !