२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

डोल्पामा तीन जना सैनिकको निधनपछि फेरि डढेलोमा परी तीन बालक गम्भीर घाइते



काठमाडौं । डोल्पामा डढेलोमा परेर फेरि तीनजना बालक गम्भीर घाइते भएका छन् । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर बालक घाइते भएका हुन् ।

च्याउ टिप्न वनमा गएका १३ वर्ष मुनिका तीनजना डढेलोमा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख डीएसपी हरिकृष्ण केसीले जानकारी दिए ।यसअघि सोमबार दुनैमा लागेको डढेलोमा परी गम्भीर घाइते भएका तीनजना सैनिक जवानको उपचारका क्रममा निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस !