२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

क्षेत्रीको अध्यक्षतामा संगीतकर्मी संघको दोहोरी विशेष समिति गठन



काठमाडौं, २९ चैत । राष्ट्रिय संगीतकर्मी संघको लोक दोहोरी विशेष समिति गठन भएको छ । बुधबार गायक शंकर क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

उक्त समितिको वरिष्ठ उपाध्यक्षमा हरिमाया रायमाझी,महिला उपाध्यक्षमा निरु शर्मा, उपाध्यक्षमा जिपी सुनदास र नवराज काप्री ,महासचिवमा शिशिर शर्मा, सचिवमा विकास परियार, कोषाध्यक्षमा पुजा क्षेत्री निर्विरोध निर्वाचित भएका छन ।

त्यस्तै सहसचिवमा सागर राई, सह कोषाध्यक्षमा सरिता थापा मागर चयन भएका छन । समितिको प्रवक्तामा सविता परियार निर्वाचति हुँदा आरके गैरे, रिता कार्की, दिपक दर्जी, विक्रम कार्की, विष्णु बराल, श्रृष्टी शर्मा र रञ्जित विश्वकर्मा सदस्यमा निर्वाचित भएका छन ।

राष्ट्रिय संगीतकर्मी संघका कार्यबाहक अध्यक्ष प्रकाश कटुवालको उपस्थितिमा भएको उक्त कार्यक्रममा कटुवालले कलाकारको हकहितको लागि उक्त समिती गठन गरिएको बताए । कार्यक्रममा लोक दोहोरी कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
 


प्रतिक्रिया दिनुहोस !