२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

ललितपुर महानगरपालिकामा अब वातावरण प्रहरी



ललितपुर, २९ चैत । ललितपुर महानगरपालिकाले वातावरण प्रहरी राख्ने भएको छ ।

ललितपुर महानगर र यूएसएड स्वच्छ हावाको सहकार्यमा आजदेखि वातावरण प्रहरी सम्बन्धी तालिम शुरू गरेको हो। 

सो तालिमको समुदघाट्न गर्दै ललितपुर महानगरका नगर प्रमुख चिरिबाबु महर्जनले नगर प्रहरी बल भन्दा फरक र महानगरको वातावरणको हकहितको लागि तयार रहन तालिममा सहभागी वातावरण प्रहरीको भुमिका निभाउन आग्रह गरेका छन् । 

पहिलो चरणमा वातावरण प्रहरीको तालिम १५ जनालाई दिइने ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथूले बताए । तीनदिन चल्ने तालिममा वातावरण सम्बन्धी विद्यमान ऐन कानून, फोहरमैला व्यवस्थापन, बोट बिरुवा संरक्षण तथा व्यवस्थापन विधि र वायु प्रदूषण चुनौतीलगायत समेटिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !