२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

काठमाडौँको कोटेश्वरमा स्कुटर दुर्घटनामा एकको मृत्यु



काठमाडौँ । काठमाडौँमा आज भएको स्कुटर दुर्घटनमा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर मुनिभरैव बस पकेट नजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो ।

दुर्घटनामा स्कुटर चालक काठमाडौँ पेप्सीकोला बस्ने ५२ वर्षीय रामशरण केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !