२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

काठमाडौं विश्वकै तेस्रो प्रदुषित सहर



काठमाडौं । पछिल्लो दुई सातायता काठमाडौंमा उच्च बनेको वायु प्रदूषण आइतबार पनि उस्तै छ । अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरकोे सूचीमा काठमाडौं आइतबार बिहान १०ः४५ बजे तेस्रो प्रदूषित सहरमा सूचीकृत भएको छ ।

आइक्यू एयरका अनुसार सो समयमा काठमाडौंमा वायु प्रदूषणको मात्रा १६२ यूएस एक्यूआई (एयर क्वालिटी इन्डेक्स) छ । विश्वका १२२ प्रदूषित सहरमध्ये पहिलो नम्बरमा भारतको दिल्ली र दोस्रोमा बंगलादेशको ढाका छन् । वातावरण विभागको वायुको गुणस्तर सूचकांकमा कीर्तिपुर, भक्तपुर, खुमलटार, रत्नपार्कमा प्रदूषणको मात्रा १५६ देखि १६२ एक्यूआई छ । काठमाडौंमा छिटफुट वर्षा भए पनि देशका विभिन्न स्थानमा डढेलोका घटना भइरहेकाले प्रदूषण कम नभएको विज्ञहरू बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !