१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो



काठमाडौ, बैशाख ०३ । कुमारी बैंकले आज सोममबार देखि सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । 

यसमा न्यूनतम १०६ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक कुमारी  क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । यसमा वैशाख ११ गतेसम्म आवेदन सकिनेछ । 


प्रतिक्रिया दिनुहोस !