१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

लुम्बिनीका सात विषयगत समितिका सभापति चुनिदै



बुटवल । लुम्बिनी प्रदेशका सातवटा विषयगत समितिको सभापति चयनका लागि ५ गते निर्वाचन हुने भएको छ । प्रदेश सभा सचिवालयले सोमबार सूचना जारी गरी वैशाख ५ गते निर्वाचनको मिति तय गरिएको जानकारी दिएको छ ।

प्रदेश सभाका प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास समिति, कृषि, वन तथा वातावरण समिति, भौतिक पूर्वाधार विकास समिति, अर्थ, उद्योग तथा पर्यटन समिति र सार्वजनिक लेखा समिति र विशेष अधिकार समितिको सभापति चयनका लागि मंगलबार ४ उम्मेदवारी दर्ता हुनेछ ।

प्रकासित सूचना अनुसार मंगलबार ४ गते विषयगत समितिको नेतृत्वका लागि मनोनयन दर्ता गर्ने र ५ गते नेतृत्व चयन हुने जनाइएको छ । समितिका सभापतिको चयन सहमतिमै गर्ने तयारीमा दलहरु रहेको बताइएको छ ।  


प्रतिक्रिया दिनुहोस !