१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

केपी ओली र माधव नेपाल एउटै चलचित्रमा देखिँदै



चलचित्र ‘नमेटिने घाउ’ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि अनुबन्धित भएका छन् । यसअघि उक्त चलचित्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा सांसद ज्ञानेन्द्रशाही अनुबन्धित भइसकेका छन् ।

उक्त फिल्ममा नेपालले पूर्वप्रधानमन्त्रीको भूमिका देखिँदैछन् भने ओलीले ‘प्रधानमन्त्री’ को रोल निर्वाह गर्ने जनाइएको छ ।

ओली र शाही सहभागी पछि नेपाल  उक्त फिल्ममा जाेडिएकाे निर्माता रंमित ढुंगानाले बताए ।

तेजाव पीडितहरूको कथामा आधारित यो फिल्ममा लगानी कलाकार रमित ढुंगानाले गरेका छन्। पर्साकी एसिडपीडित मुस्कान खातुनको जीवनीमा आधारित यो फिल्मको निर्देशन पनि उनै रमितले गर्दैछन्।

यस फिल्ममा मुस्कानसहित सुरवीर पण्डित, सिम्रन खड्काको पनि अभिनय रहनेछ।


प्रतिक्रिया दिनुहोस !