१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

युद्धका बीच उठ्यो नेतान्याहुविरुद्ध छानबिनको माग



BERLIN, GERMANY – MARCH 16: Israeli Prime Minister Benjamin Netanyahu and German Chancellor Olaf Scholz (not pictured) speak to the media following talks at the Chancellery on March 16, 2023 in Berlin, Germany. Netanyahu’s one-day visit to Berlin is being accompanied by protests, including both by people angry over Israel’s policies towards Palestinians as well as those critical of possible new legislation in Israel supported by Netanyahu that would undermine the independence and the power of Israel’s Supreme Court, effectively curtailing democracy in Israel. (Photo by Sean Gallup/Getty Images)

काठमाडौँ । इरानले इजरायलमा गरेको आक्रमणको बीचमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध छानबिनको माग भइरहेको छ ।  मुभमेन्ट फर क्वालिटी गभर्नमेन्ट नामक संस्थाले नेतान्याहुलाई अर्बपति साथीको बंगलामा बसेको आरोप लगाएको छ ।

हमासको हमलापछि नेतान्याहु आफ्ना अमेरिकी साथी साइमन फेलिक्सको आलिशान बंगलामा बस्दै आएका थिए । इजरायलमा कुनै पनि सार्वजनिक कर्मचारीले महँगो उपहार स्वीकार गर्न गैरकानूनी छ । नेतान्याहुका अर्बपति साथीको बंगलामा बस्नु महँगो उपहारको रुपमा व्याख्या गरिएको छ ।

नेतान्याहूका साथि फेलिक्स मूलतः एक कट्टर यहूदी भएको र अमेरिकी नागरिकता धारण गर्दछन् । उनी ‘ड्युटी फ्री अमेरिका’का अध्यक्ष हुन् । यस कम्पनीको ड्युटी फ्री स्टोरहरू विश्वका करिब २०० एयरपोर्टहरूमा छन् । यसबाहेक उनी एउटा ठूलो वाइन कारखानाका मालिक हुन् । सन् २०१९ मा यस विषयमा ठूलो विवाद भएको थियो । त्यसपछि युरोपियन युनियनले उत्पादन चिन्हको सम्बन्धमा यसविरुद्ध मुद्दा दायर गरेको थियो ।

अर्को विवाद फेलिक्ससँग जोडिएको थियो र त्यसपछि उनी पहिलो पटक विश्व मिडियाको हेडलाइनमा आए ।  त्यसबेला यो दाबी गरिएको थियो कि फेलिक्सले वेस्ट बैंकको बस्तीहरूमा लगानी गरेको थियो जुन इजरायलले अवैध रूपमा कब्जा गरेको थियो र त्यहाँ बस्ने प्यालेस्टिनीहरूलाई निष्कासित गरेको थियो । यसै वर्षको सुरुमा इजरायल सरकारले उनलाई ‘जेरुसेलम अवार्ड फर डेभलपमेन्ट’ले सम्मान गरेको थियो ।

फेलिक्स परिवारले नेतन्याहुको पार्टीलाई पनि चन्दा दिने गरेको केही रिपोर्टले बताएको छ । फेलिक्स परिवारको पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि मैत्रीपूर्ण र व्यापारिक सम्बन्ध छ । नेतन्याहुमाथि फेलिक्स र केही धनी व्यापारीहरूबाट महँगो उपहार लिएको आरोप लगाइएको छ। यसबाहेक प्रतिपक्षमा रहँदा व्यक्तिगत विदेश भ्रमणमा गएको र त्यसको खर्च पनि यही व्यवसायीले नै बेहोरेको रिपोर्टमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !