१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

दुई जना डीआइजी विशेष पदमा बढुवा सिफारिस



काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआइजी) विशेष पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।

बढुवा सिफारिस हुनेमा डा. देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नवीन्द्र अर्याल रहेका छन्।

यस अघि मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीमा दुई डिआइजीको विशेष पद सिर्जना गरेको थियो । यो पद उनीहरुको कार्यकाल सकिएसँगै खारेज हुने सरकारको निर्णयमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !