१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

धितोपत्र बोर्डकाे अध्यक्षमा रितेश शाक्य



नेपाल धितोपत्र बोर्डको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले पाएका छन् । तत्कालका लागि बोर्ड अध्यक्षको जिम्मेवारी सहसचिव शाक्यले पाएका हुन् ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ मा अध्यक्षको नियुक्ति सम्बन्धी व्यवस्था संशोधन गरिएसँगै शाक्यले अध्यक्षको हैसियत पाएका हुन् । सोही संशोधित ऐनमा अर्थ मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गर्ने सदस्यले अध्यक्षको भूमिका निर्वाह गर्ने उल्लेख छ ।

‘अध्यक्षको पद रिक्त भए नेपाल सरकारले निजलाई पदबाट हटाए वा निज निलम्बनमा परी बोर्डको कामकाज गर्न नमिल्ने भए बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले अध्यक्षको हैसियतमा काम गर्ने छ ।’ संशोधित ऐनमा थप गरिएको उपदफा ८ मा भनिएकाे छ ।  यसअघि सरकारले बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीलाई निमित्त अध्यक्षको जिम्मा दिएको थियो ।


प्रतिक्रिया दिनुहोस !