१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

मधेस प्रदेशका मुख्यमन्त्री यादवले चौथोपटक विश्वासको मत प्राप्त गरे



जनकपुर, ४  वैशाख  । मधेश प्रदेशका  मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपटक विश्वासको मत प्राप्त गरेका छन् ।

मुख्यमन्त्री यादवले सदनमा पेस गरेको विश्वासको मत प्रस्तावमा प्रदेशसभाका ६१ जना सदस्यले पक्षमा मतदान गरेका छन् ।

सदनमा विपक्षीदलले सदनमा वहिस्कार गरेका कारण विपक्षमा भने शून्य मत परेको छ । मतदानमा प्रदेशसभाका ६१ जना प्रदेशसभा सदस्यहरू सहभागी भएका थिए ।

मुख्यमन्त्री यादवको पक्षमा बहुमत अर्थात् ५३ भन्दा बढी मत प्राप्त भएकाले सदनको विश्वास मुख्यमन्त्री माथि रहेको घोषणा सभामुख रामचन्द्र मण्डलले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !