१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

विराटनगरस्थित रानी क्षेत्रमा दुई समूहबीच झडप



विराटनगर । मोरङको विराटनगरस्थित रानीमा तनाव भएको छ । एक समूहले निकालेको मोटरसाइकल र्‍यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेपछि दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।

झडपका क्रममा दुवै पक्षबीच् ढुंगा हानाहान समेत भएको थियो । 

सो क्षेत्रमा अवस्था नियन्त्रणमा लिन व्यापक प्रहरी परिचालन गरिएको र नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ । अहिले अवस्था सामान्य हुदै गएको प्रहरीले जनाएको छ  ।
 


प्रतिक्रिया दिनुहोस !