१९ बैशाख २०८१, बुधबार
 |   Wed May 1 2024
Logo

विराटनगरको रानीमा बिहीबार फेरि झडप, डीएसपी जोशीसहित सात जना प्रहरी घाइते



विराटनगर । मंगलबार झडप भएको विराटनगरको रानीमा बिहीबार फेरि झडप भएको छ । बुधबार रामनवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई अर्को समूहले अवरोध गरेपछि झडप सुरु भएको थियो । त्यतिबेला प्रहरीले बल प्रयोग गरेर दुवै समूहलाई तितरबितर पारेको थियो । सोही विषयमा बिहीबार दिउँसो केही व्यक्तिले सभा गरेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको विरोधमा सुरु भएको प्रदर्शन उग्र भएपछि प्रहरीसँग झडप भएको हो । झडपमा डीएसपी वेदप्रकाश जोशीसहित सात जना प्रहरी सामान्य घाइते भएका प्रहरीको भनाइ छ । जिल्ला प्रशासन कार्यालय मोरङले अनुमति नलिई सभा जुलुस तथा भेला नगर्न बिहीबार सूचना जारी गरेको थियो । तर साढे ३ बजे विराटनगर महानगरपालिका १५ रामजानकी मन्दिर अगाडि ८ ९ जनाको समूह भेला भएको थियो ।


प्रतिक्रिया दिनुहोस !