१९ बैशाख २०८१, बुधबार
 |   Wed May 1 2024
Logo

कैलासले हस्ताक्षर किर्ते गरेको घनश्याम चौधरीको जिकिर, सोडारीलाई समर्थन नदिएको दाबी



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपाका संसदीय दलको नेतामा दाबी गर्दै कैलाश चौधरीले नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई समर्थन दिँदा रेशम समूह विपक्षमा उभिएको छ । कैलाशलाई दल नेता देखाउँदै सोडारीले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीको समर्थनमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा बिहीबार दाबी पेश गरेका छन्।

दाबी पेश लगत्तै प्रदेश प्रमुख नजिर मियाँलाई नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले भेटेका छन्। उनले नाउपाको संसदीय दलको नेता आफू रहेको बताउँदै सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नगरेको बताए। ‘दलको आधिकारिक नेता म हो। सांसदहरूले मलाई दल नेता बनाएका हुन। मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीलाई हाम्रो समर्थन छैन। नाउपाका ७ सांसद भनेर दल नेताको किर्ते हस्ताक्षर गरिएको छ,’ घनश्यामले प्रदेश प्रमुखलाई भने, ‘यसका निष्पक्ष न्याय निरुपण हुनु पर्‍यो।’

नाउपाका ५ सांसदलाई साथमा लिएर घनश्याम प्रदेश प्रमुख कार्यालय पुगेका थिए। उनीसंगै कांग्रेसका केही सांसद पनि थिए। नाउपा अध्यक्ष रञ्जिताले दल नेताबाट घनश्यामलाई हटाएर कैलाश चौधरीलाई बनाएकी थिइन्। त्यति मात्रै होइन, घनश्यामलाई रञ्जिताले पार्टीबाट तीन महिनाका लागि निलम्बन गरेको पत्र सभामुखलाई पठाएकी थिइन्। संसदीय दलको विधान तयार नभएकाले केन्द्रीय कमिटीबाट निर्णय गरेर पठाएको रञ्जिताले दाबी गर्दै आएकी छन्।


प्रतिक्रिया दिनुहोस !