२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

अफ्रिकी देश बुर्किना फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाइ गर्‍यो देश निकाला



अफ्रिका, ७ बैशाख । बुर्किना फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई देशबाट बाहिर जान आदेश दिएको छ । 

विदेश मन्त्रालयको पत्र अनुसार उनीहरुले विध्वंसक गतिविधि गरेको आरोप लगाउँदै ४८ घण्टा भित्र देश छोड्न आदेश दिएको हो ।

बुर्किना फासोको सरकारले निष्कासित कूटनीतिज्ञहरू विरुद्ध लगाईएको आरोपको थप विवरण प्रदान गरेको छैन । तर, उसले ग्वेनेले हबुजिट, हर्भ फोर्नियर र गुइलाउम रेसाचर नाम गरेका फ्रान्सेली कुटनीतिज्ञलाइ ४८ घन्टा भित्र देश छाडन आदेश दिएको हो ।

सो देशका नागरिक समाजका नेताहरूसँग गरेको बैठक पछि सरकारले उनीहरूलाइ निष्कासन गर्ने निर्णय लिएको बताइएको छ । फ्रान्सले बिहीबार यस कदमको निन्दा गरेको छ।

‘बुर्किनाबे अधिकारीहरूको निर्णयको लागि कुनै वैध आधारहरू थिएनन्। हामी यसको निन्दा मात्र गर्न सक्छौं,’ फ्रान्सको विदेश मन्त्रालयका प्रवक्ता क्रिस्टोफ लेमोइनले भने। उनले तीनै जना विरुद्धको आरोप निराधार भएको बताए ।


प्रतिक्रिया दिनुहोस !