२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

सलमान खानको घटना पछि बढाइयो शाहरूख खानको सुरक्षा



मुम्बई, ७ बैशाख । सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली हानाहान भएपछि शाहरुख खानको सुरक्षा बढाइएको छ । 

कुनै अप्रिय घटना नहोस् भनेर यस्तो गरिएको हो । शाहरुख चार दिन देखी कोलकातामा थिए । जहाँ आईपीएलको खेल चलिरहेको छ । शाहरुख आफ्नो टिमलाई सपोर्ट गर्न त्यहाँ पुगेका थिए । उनी हिजो राति मात्रै मुम्बई फर्किएका थिए ।

शाहरुख खानको फ्यान क्लबले उनीसँग सम्बन्धित केही भिडियो शेयर गरेको छ । जसमा शाहरुख सुरक्षा घेरामा परेका छन् । यस सुरक्षामा गार्ड, प्रहरी र विमानस्थल सुरक्षाकर्मी देखिन्छन् । जसका कारण कुनै फोटोग्राफर पनि शाहरुखको नजिक जान सक्दैनन् । विमानस्थलमा पुगे पछि उनलाई सुरक्षा गार्डले घेरेको भिडियोमा देखिन्छ ।

शाहरुख खानको यो सुरक्षाको कारण सलमानको घर बाहिर गोली चलाएको घटनालाइ प्रमुख कारणको रूपमा बताइएको छ । टाइम्सको रिपोर्टका अनुसार पुलिस र प्रशासन सलमानको घरमा भएको जस्तो दुर्घटना अब कुनै पनि सेलिब्रेटी कसैसँग होस् भन्ने चाहँदैनन्। त्यसैले शाहरुख खानको सुरक्षा बढाइएको छ । सलमान र शाहरुख उद्योगका ठूला नाम हुन् । यस्तो अवस्थामा कुनै पनि प्रकारको लापरवाहीले ठूलो परिणाम निम्त्याउन सक्छ।

१४ अप्रिल बिहान करिब ५ बजे सलमानको घरमा दुई जनाले गोली चलाएका थिए । लरेन्स बिश्नोईका भाइ अनमोल बिश्नोईले फेसबुक पोस्टमार्फत यस हमलाको जिम्मेवारी लिएको दाबी गरिएको छ । तर, उक्त सामाजिक सञ्जालको खाता अनमोल बिश्नोईको हो वा होइन भन्ने पुष्टि अझै कसैले गरेको छैन । प्रहरीले गोली प्रहारमा संलग्न दुवै अभियुक्तलाई अप्रिल १६ मा पक्राउ गरेको थियो । यस सम्बन्धमा थप कारबाही भइरहेको छ ।

‘सलमानले कुनै चिन्ता नगरी आफ्नो काम गर्न सक्ने प्रहरीले आश्वासन दिएको छ । किनभने प्रहरीले आफ्नो काम गरिरहेको छ । यस विषयमा धेरै कुरा गर्न केही छैन। 

घटना पछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले पनि सलमान खानसँग कुरा गरेका थिए । उनले मुम्बईका प्रहरी आयुक्तलाई सलमान र उनको परिवारको सुरक्षा बढाउन पनि आग्रह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !