१९ बैशाख २०८१, बुधबार
 |   Wed May 1 2024
Logo

टिकटकले ल्यायो फोटो सेयरिङ एप टिकटक नोट्स



टिकटकले पनि फोटो सेयरिङ एप ‘टिकटक नोट्स’ ल्याएको छ । टिकटकले पनि इन्स्टाग्राम जस्तै फोटोहरू सेयरिङ एप ‘टिकटक नोट्स’ सञ्चालनमा ल्याएको हो ।

गत अप्रिल ९ मा टिकटकले आफ्नो फोटो सेयरिङ एप ल्याउने घोषणा गरेको थियो । भने, अप्रिल १८ मा टिकटक नोट्सलाई प्ले स्टोर र एप स्टोरमा राखिएको छ । तर, अस्ट्रेलिया र क्यानडाका आईएसओ र एन्ड्रोइडका केहि निश्चित प्रयोगकर्ताहरूलाई ‘टिकटक नोट्स’ उपलब्ध गराएको छ । जुन सबैका लागि अहिले उपलब्ध छैन ।

टिकटकको पहिलो अपडेटमा फोटो सेयरिङ ‘टिकटक नोट्स’ को प्रयोग र बाहिरी देखिने आइकनहरू सार्वजनिक गरिएको छ ।

टिकटक नोट्समा इन्स्टाग्राम जस्तै फोटोहरू सेयर गर्नुका साथै स्टाटसहरुले लेख्न अप्सन राखिएको छ । कमेन्ट र लाइक्स पनि राखिएको छ । साथै मन पर्ने फोटोहरूलाई सेभ गरेर राख्न अप्सनलाई राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !