२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

राष्ट्रिय महिला टीमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने



काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मासहित पूर्वकप्तान रूबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन् ।

मलेसिया क्रिकेट संघका अनुसार उक्त प्रतियोगिता अप्रिल २४ देखि मे ५ सम्म आयोजना हुनेछ ।


प्रतिक्रिया दिनुहोस !