२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

युएईपछि हङकङले पनि नेपाललाई चखायो हारको स्वाद, एसीसी इमर्जिङ कप पनि खेल्न नपाउने



काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि हङकङसँग स्पर्धा गरेको नेपाल पराजित भएको छ। यससँगै नेपालले एसीसी इमर्जिङ कप पनि खेल्न नपाउने भएको छ। शुक्रबार यूएईसँग पराजित नेपालको एसिया कप खेल्न सम्भावना सकिएको थियो। बलिङ र ब्याटिङ दुवैतर्फ नेपालको प्रदर्शन फितलो रह्यो। ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरीले ४४ रन बनाउँदा बलिङतर्फ सोमपाल कामीले ३ विकेट लिए। हङकङका अंशुमन रथले ५० बलमा प्रभावशाली ६५ रन जोडे। बाबर हायातले २६ र एजाज खानले १२ रन बनाएका थिए।


प्रतिक्रिया दिनुहोस !