२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

सुदूरपश्चिम सरकारविरुद्ध नाउपाका चौधरीको सर्वोच्चमा रिट, आफुलाई मुख्यमन्त्री नियुक्त गर्न माग



काठमाडौं । सुदूरपश्चिम सरकारविरुद्ध नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका चौधरीले आइतबार रिट दायर गरेका हुन् । रिटमा संविधानको धारा १६८ (२) अनुसारको सरकार गठनका लागि गरिएको आह्वान अनुरूप दाबी प्रस्तुत भइसकेपछि प्रदेश प्रमुखले आफूसँग नभएको अधिकार प्रयोग गरी समर्थन फिर्ताका लागि अवसर दिएर पुन आह्वान गरेको उल्लेख छ ।

चौधरीले प्रदेश प्रमुखबाट भएको ुअसंवैधानिक कामु अन्तरिम आदेशबाट बदर गर्न माग गरेका छन् । चौधरीले विपक्षी दीर्घ सोडारीको पक्षमा दाबी गरिएको बहुमत उनीसँग नरहेको पनि जिकिर गरेका छन् । सोडारीको समर्थनमा उल्लेखित संख्यामध्ये नागरिक उन्मुक्तिका पाँच सदस्य आफूसँग रहेका कारण बहुमत नभएका व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गरिएको उनको दाबी छ । उनले मुख्यमन्त्रीमा आफूलाई नियुक्त गर्नुपर्ने माग राखेका छन् ।


प्रतिक्रिया दिनुहोस !