२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

जिप्रका मुगुमा जाहेरी र निवेदन लेखन नि: शुल्क



खड्क सुनार , न्युज कारखाना 
मुगु १० बैशाख  

नागरिकको गुनासो र सुझाव सङ्कलन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय मुगुले नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । छायाँनाथ रारा नगरपालिका वडा नं ६ बालै गाउँमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।  

गुनासो व्यवस्थापनका लागि मुगु प्रहरी कार्यालयले प्रदान गर्दै आएको सेवा र जनता लाई शान्ति , सुरक्षा अमनचयन जस्ता क्रियाकलापमा प्रहरीले खेल्नुपर्ने भूमिका तथा जनताले अनुभूति गर्ने गरी मुस्कान सहितको सेवालाई प्रभावकारी बनाउन जनताको गुनासो सुन्नका लागि नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । 

सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति,  चोरी तस्करी नियन्त्रण, लागू औषध दुर्व्यसनी, दुर्घटना न्यूनीकरण र प्रहरीको सेवाबाट जनताले भोग्नुपरेको सास्ती लगायतका विषयमा मुगु प्रहरीले  ध्यानाकर्षण गराएका थिए । 

बिशेष गरेर बालै बासिका नागरिकहरुले सुरक्षा चुनौती अनुसार विशेष सुरक्षा योजनालाई कार्यान्वयन गर्नुपर्ने , बालै गाउँ आसपासका गाउँलाई शान्ति सुरक्षाको थप प्रगाढ गर्न प्रहरी चौकि स्थापना गर्न माग गरेका छन् । यसले गर्दा बालै बासिका नागरिकले शान्ति सुरक्षाको अनुभुति गर्ने स्थानीय सल बहादुर रावलले बताए । 

यता जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाका अनुसार बिगतका दिनहरु के कसरी कामहरु सिर्जना भए , जनताले कस्तो सेवा पाए , जनताले शान्ति सुरक्षाको अनुभुति गर्न पाए नपाए नागरिकले नै हेरिनु पर्ने बताए । यहाँका नागरिकको समस्या पिडा लाई आत्म साथ गर्दे आफु जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यभार सम्हालि सकेपछि मुद्धाको प्रकृति हेरेर प्रहरी बा नै निशुल्क निवेदन , जाहेरी लेख्ने ब्यवस्था गरिएको पनि बताए । 

यसले गर्दा गरिब , दुखि नागरिक लाई सहज हुने अपेक्षा गरिएको छ । बाहिरी अन्य लयरहरु बाट निवेदन लेख्दा चर्को मुल्य तिर्नु पर्ने भएको हुदा उनीहरुको समस्या लाई मध्येनजर गर्दे यो ब्यवस्था स्थापना गरिएको डिएसपि थापाले अवगत गराए । जिल्ला प्रहरी कार्यालय मुगुमा हाल २ सय ९३ प्रहरीको दरबन्दि रहेको छ । यति सानो संख्यामा प्रहरी कर्मचारीले जिल्ला लाई शान्ति सुरक्षाको अनुभुति गरि रहेको बताए ।  
 


प्रतिक्रिया दिनुहोस !