२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

लगानी सम्मेलनका क्रममा १४८ आयोजनाको प्रस्ताव तयार



काठमाडौँ, ११ वैशाख : काठमाडौँको बानेश्वरमा मङ्गलबार बसेको लगानी बोर्डको ५८ औँ बोर्ड बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत । तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं । वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा १४८ आयोजनाको प्रस्ताव तयार पारिएको छ । मंगलबार काठमाडौंमा बसेको लगानी बोर्डको बैठकले लगानी सम्मेलनका लागि प्रविधिक समितिबाट सिफारिस भई आएका उक्त आयोजनाहरूलाई शोकेसमा राख्नका लागि स्वीकृति दिइएको हो । बोर्डका प्रवक्ता एवं सहसचिव प्रद्य्युम्नप्रसाद उपाध्यायले केही छुटेका परियोजनालाई सम्मेलनमा शोकेसमा राख्नका लागि कार्यान्वयन समितिको बैठकले छलफल गरी आवश्यक निर्णय लिने जानकारी दिए ।

त्यसमा केही परियोजनाहरू छुटेको भए थप गर्न पनि प्रधानमन्त्री दाहालले बोर्डलाई निर्देशन दिएका छन् । त्यसैगरी बैठकले ह्वासिङ नारायणी सिमेन्टको थप लगानीसम्बन्धी प्रस्ताव पनि स्वीकृत गरेको छ । ह्वासिङ नारायणी सिमेन्टले ६ अर्ब ६३ करोड ४० लाख थप बजेट लगानी गर्ने प्रस्ताव ल्याएको थियो । त्यसमा लगानी गर्नुअघि बोर्डको अनुमति लिनुपर्ने व्यवस्था छ । त्यसैगरी डाबर नेपाल प्राईभेट लिमिटेडले इन्भेष्टमेण्ट थप्ने र प्रोडक्टलाई पनि थप्ने भन्ने प्रश्तावलाई पनि बैठकले स्वीकृति प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस !