२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

किन आमने सामने भए अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी र मस्क ?



काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र सोसल मिडिया प्लेटफर्म एक्सका मालिक एलन मस्क आमने सामने भएका छन् ।

अष्ट्रेलियाका प्रधानमन्त्रीले अब एलन मस्कलाई ‘अहंकारी अर्बपति’  भन्दै टिप्पणी गरेका छन् । गत हप्ता सिड्नीको एक चर्चमा विशपमाथि चक्कु प्रहारको फुटेजलाई लिएर दुईबीच बहस चलिरहेको छ ।

सोमबार अष्ट्रेलियाको एक अदालतले मस्कका एक्सबाट सिड्नी आक्रमणको भिडियो हटाउन आदेश दिएको थियो ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजको बयान मस्कले एक मेम साझा गरेपछि दुवै आमने सामने देखिएका हुन् । यसमार्फत मस्कले अस्ट्रेलिया सरकारमाथि सेन्सरसिपको आरोप लगाएका थिए ।

बिशपमाथि भएको आक्रमणको भिडियो अस्ट्रेलियाका प्रयोगकर्ताहरूका लागि हटाइएको छ तर बाँकी विश्वमा भने हटाइएको छैन।

मंगलबार, प्रधानमन्त्री अल्बानीजले एबीसी न्यूजलाई भने, ‘मस्कलाई लाग्छ कि उनी कानून मात्र होइन, शिष्टताबाट पनि माथि छन् । मलाई यो असामान्य लाग्छ कि एक्सले आदेशको पालना गर्नुको सट्टा आफ्नो मुद्दा बहस गर्ने निर्णय गरेको छ ।’


प्रतिक्रिया दिनुहोस !