२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

सौगातको फिल्म ‘भाइरल गोर्खे’ को छायांकन सुरु



काठमाडौँ । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ ।

मंगलबार लमजुङस्थित भुजुङ गाउँमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै दृश्य खिच्न सुरु गरिएको हो । 

फिल्मका लागि पहिलो दृश्य अभिनेता सौगात मल्लले दिएका छन् । एक महिनाको छायांकन तालिका राखिएको फिल्म सामाजिक सञ्जालमा भाइरल हुन जेसुकै गर्ने पात्रको कथामा फिल्म बन्ने बताइएको छ ।

‘छड्के’ निर्देशक निगम श्रेष्ठले निर्देशन गर्ने यस फिल्ममा विशाल ताम्राकार र महेश लामिछानेको संयुक्त निर्माण रहेको छ ।

फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठसहित लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ लगायतको पनि अभिनय रहनेछ ।  द जिएमआई एकेडेमी र निर्भना फिल्म स्कुलको निर्माण रहने फिल्मको छायांकन गोरखा र चितवनमा पनि गरिनेछ । 


प्रतिक्रिया दिनुहोस !