२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि पुरानै नेपाली टोलीको घोषणा



काठमाडौँ । नेपाल क्रिकेट संघ ९क्यान० ले वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी–२० शृंखलाका लागि बिहीबार आफ्नो टोलीको घोषणा गरेको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । घोषित टोलीमा रोहितकुमार पौडेल ९कप्तान०, आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गलसन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा, बिवेक यादब र आकाश चन्द रहेका छन् ।

नेपाल र वेस्ट इन्डिजबिचको पहिलो खेल अप्रिल २७ तारिखमा खेलिने भएको छ । दोस्रो खेल अप्रिल २८ तारिखमा र तेस्रो खेल मे १ तारिखमा खेलिने छ । नेपाल र वेस्ट इन्डिजबिचको चौथो खेल मे २ तारिखमा खेलिने भएको छ । पाँचौँ तथा अन्तिम खेल भने मे ४ तारिखमा खेलिने छ ।

नेपाल भ्रमणका क्रममा वेस्ट इन्डिजले नेपालसँग पाँचवटा खेलको टी–२० शृंखला खेल्ने कार्यक्रम रहेको छ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने छ । यसअघि नेपाल र वेस्ट इन्डिजबिच एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ ।


प्रतिक्रिया दिनुहोस !