२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

श्रीमतीमाथि भ्रष्टाचारको छानबिनपछि स्पेनका प्रधानमन्त्रीले सार्बजनिक काम नगर्ने



काठमाडौँ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नी पत्नी विरुद्धको अदालतले प्रारम्भिक अनुसन्धान सुरु गरेपछि आफ्नो सार्वजनिक काम रोकेका छन् ।

यस अवधिमा उनले पदमा निरन्तरता दिने कि रोक्ने भन्ने बारे विचार गरिरहेको बताएका छन् । प्रधानमन्त्री पेड्रो सान्चेजले एक विज्ञप्तिमा आफुले सरकारको नेतृत्व गरिरहने र यो सम्मानित पद छाड्ने भन्ने विषयमा छिट्टै निर्णय गर्ने बताएका छन् ।

अदालतले बेगोना गोमेज विरुद्ध भ्रष्टाचारको आरोपमा कारबाही गरिरहेको बताएको छ । प्रधानमन्त्री सान्चेजले आफ्नी श्रीमतीले आफ्नो सम्मानको रक्षा गर्ने  बताएका छन् । बेगोना गोमेज विरुद्ध भ्रष्टाचार विरोधी अभियानकर्ता मानोस लिम्पियासले उजुरी गरेका थिए, जसले हालैका वर्षहरूमा धेरै उच्च प्रोफाइल अदालत मुद्दाहरूमा भाग लिएका थिए ।

स्पेनका प्रधानमन्त्रीले आफुले आफ्नो भविष्यको निर्णय मे २९ मा सञ्चारमाध्यममा प्रस्तुत गर्ने बताएका छन् । अदालतले बेगोना गोमेजमाथि लगाइएको आरोपबारे विस्तृत जानकारी दिएको छैन।


प्रतिक्रिया दिनुहोस !