२७ बैशाख २०८१, बिहीबार
 |   Thu May 9 2024
Logo

वेस्टइन्डिज एले नेपाललाई दियो २०५ रनको चुनौती, अविनासको उत्कृष्ट बलिङ



काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा वेस्ट इन्डिज एले नेपाललाई २०५ रनको चुनौती दिएको छ । निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा वेस्ट इन्डिज एले २०४ रन बनायो । नेपालका लागि कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, अविनास बोहोरा र रोहित पौडेलले समान एक/एक विकेट लिए । टस हारेर ब्याटिङको निम्तो पाएको पाहुन टोली वेस्ट इन्डिज एले विष्फोट ब्याटिङ गरेको भए पनि अविनास बोहोराले नेपाललाई लयमा फर्काएका थिए ।

वेष्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले उत्कृष्ट इनिङ खेले । उनले ४६ बलमा ७४ रन बनाए । उनले केसी कार्टीसँग चौथो विकेटका लागि ६० रन र कडीम एलेनसँग पाचौं विकेटका लागि ५७ रनको साझेदारी गरे । कार्टीले ३८, आन्द्रे फ्लेचर १३, जोन्सन चाल्र्स शुन्य रनमा आउट भए । कडीम एलेन १४ र किमो पल रनमा अविजित रहे ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय