८ जेष्ठ २०८१, मंगलवार
 |   Tue May 21 2024
Logo

दुर्गा प्रसाईंलाई हतियार राख्न अनुमति दिनेलाई कारबाही सिफारिस



काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अर्धस्वचालित हतियार राख्न अनुमति दिनेलाई कारबाही सिफारिस गरिएको छ । लाइसेन्स लिएरसमेत राख्न नमिल्ने हतियार प्रसाईंले राखेको पुष्टि भएपछि कारबाहीको सिफारिस गरिएको हो । त्यसका साथै प्रसाईंले बोकेको अर्थस्वचालित हतियार जफत गर्नुपर्ने समितिको सिफारिस छ ।

प्रसाईंको हतियारबारे छानबिन गर्न गृह मन्त्रालयले सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा समिति बनाएको थियो । समितिले सोमबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमा प्रसाईंलाई अर्धस्वचालित हतियार राख्न दिनेलाई कारबाही सिफारिस गरिएको समितिका एक सदस्यले बताए ।


प्रतिक्रिया दिनुहोस !