८ जेष्ठ २०८१, मंगलवार
 |   Tue May 21 2024
Logo

पोर्चुगलमा पूर्वमन्त्री श्रीपालीकी छोरी संगीताको मृत्यु



नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री दलजीत श्रीपालीकी छोरी संगीता श्रीपालीको मृत्यु भएको छ।

नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्षसमेत रहेका श्रीपालीकी माइली छोरी संगिताको पोर्चुगलमा निधन भएको हो। 

संगीता क्यान्सरबाट पीडित थिइन्। उपचारकै क्रममा उनको मृत्यु भएको हो। 

पुत्री शोकमा परेका पूर्वमन्त्री श्रीपालीलाई सामाजिक सञ्जालमार्फत धेरै जनाले समवेदना व्यक्त गरिरहेका छन्।  


प्रतिक्रिया दिनुहोस !