८ जेष्ठ २०८१, मंगलवार
 |   Tue May 21 2024
Logo

वेष्टइण्डिजले नेपाललाई दियो २२८ रनको विशाल लक्ष्य



काठमाडौं । वेष्टइण्डिज एले नेपाललाइ २२८ रनको विशाल लक्ष्य दिएको छ । ओपनर जोनसन चार्ल्सले शतक प्रहार गरे । उनले ५५ बलमा ११ चौका र ६ छक्काको मद्दतमा शतक पूरा गरे । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्ट इण्डिज एले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनायो ।

आन्द्रे फ्लेचर ३३ बलमा ४ चौका र ३ छक्कासहित ५३ रनमा आउट भए । स्पिनर सागर ढकालको बलमा टीयु एण्डको लङअनमा ठूलो सट खेल्ने धुनमा दीपेन्द्रबाट बाउन्ड्री नजिकै क्याच आउट हुन पुगे । दोस्रो विकेटका लागि फ्लेचर र जोनसन चार्ल्सले १४५ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय