५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

भारतका प्रधान न्यायाधीश चन्द्राच्युडद्वारा पशुपतिको दर्शन



भारतका प्रधान न्यायाधीश डा. धनन्जय वाइ. चन्द्राच्युड र उहाँको धर्मपत्नी कल्पना दासले शनिबार आराध्यदेव पशुपतिनाथको दर्शन तथा विशेष पूजापाठ गर्नुभएको छ । 

प्रधान न्यायाधीश डा. चन्द्राच्युडले दर्शन र विशेष पूजाका लागि कोषका पदाधिकारी, भट्ट, पुजारीलाई धन्यवादसमेत दिनुभएको छ । प्रधान न्यायाधीश डा. चन्द्राच्युडले पुस्तिकामा लेख्नुभएको छ, “भगवान् श्री पशुपतिनाथको चरणमा दर्शन गर्न पाउँदा असीम कृपा एवं आशीर्वाद मिल्यो । दर्शनको राम्रो प्रबन्ध मिलाएकोमा भट्टज्यूहरू, पशुपति क्षेत्र विकास कोषलगायत सम्बद्ध सबै पक्षलाई धन्यवाद आभार व्यक्त गर्दछु ।”


प्रतिक्रिया दिनुहोस !