५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

आज बागमती प्रदेशमा सार्वजनिक बिदा



बागमती प्रदेश सरकारले आज वैशाख २४ गते सोमवार बागमती प्रदेशमा सार्वजनिक बिदा दिएको छ । बागमती प्रदेश सरकारले वैशाख २० गते प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदा दिएको हो ।  

बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को वैशाख १२ गतेको बैठकको निर्णय अनुसार बिदा दिने भएको जारी सूचनामा उल्लेख छ । 

बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनको अवसरमा प्रदेशका सम्पूर्ण सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !