६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

मंगलबार काठमाडौं उपत्यकामा वर्षा, प्रदूषण पनि घट्न थाल्यो



बानेश्वरमा झरि परेपछि ।

काठमाडौं । उपत्यकामा आज (मंलबार) वर्षा शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । यसको प्रभावस्वरुप मंगलबार अपरान्हबाट उपत्यकामा वर्षा शुरु भएको हो । त्यसतै विभागका अनुसार आज राति सुदूरपश्चिमबाहेक सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वर्षा सँगै काठमाडौं उपत्यकामा प्रदूषण घट्ने अपेक्षा गरिएको छ । वातावरण विभागको मंगलबार मध्याह्न १२ बजेको तथ्यांकअनुसार काठमाडौंका अधिकांश स्थानमा एयर क्वालिटी इन्डेक्स (एक्यूआई) एक सयभन्दा कम मापन भएको छ । यस्तै, एक साताअघिसम्म उच्च प्रदूषित रहेको कास्कीको पोखरा मंगलबार सफा भएको छ । त्यहाँको एक्यूआई मंगलबार बिहान ४६ मा झरेको छ, जुन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वस्थकर वायु हो ।


प्रतिक्रिया दिनुहोस !