६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

नयाँ सहर विस्तार आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको सहरी विकासमन्त्री बुढाको दावी



काठमाडौं, २५ वैशाख । सहरी विकासमन्त्री धनबहादुर बुढाले नयाँ सहर विस्तार आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

काठमाडौं उपत्यका भित्र रहेको ईशान कोण नयाँ सहर विस्तार आयोजनाको मंगबार निरीक्षण गर्दै मन्त्री बुढाले बजेट अभावका कारण सहर विस्तारको कार्यक्रम अपेक्षा अनुसार अघि बढ्न नसके पनि आफ्नै ढंगबाट अगाडि बढिरहेको बताए।

सरकारले संघीय राजधानीमा मात्र नभई हिमाल, पहाड र तराईका जिल्लामा समेत नयाँ सहर आयोजनालाई प्रभावकारीरूपमा अघि बढाउन चाहेको उल्लेख गरे। अहिलेसम्म सरकारले पहिचान गरिसकेका ५० बढी स्थानमा नयाँ सहर बनाउने योजनालाई आगामी बजेटमा समेत निरन्तरता दिइएको भन्दै सुविधा खोज्ने होडवाजीमा असन्तुलित बसाइसराईलाई रोक्न सरकारले देशैभर नयाँ सहरको अवधारणालाई महत्त्वका साथ हेरेको बताए। अनुगमनका क्रममा मन्त्री बुढाले नयाँ सहरको विस्तार गर्दा आवश्यक मापदण्ड र पूर्वाधार विकासको तालमेलमा विशेष ध्यान दिनसमेत आग्रह गरे।

उक्त निरीक्षण कार्यक्रममा बागमती प्रदेश सभा सुरेश श्रेष्ठ ,काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकाल ,सहसचिव नवराज प्याकुरेल, पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका स्वकिय तथा नेपाल रिटर्नी एशोसिएसनका अध्यक्ष प्रवीण पौडेल, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, मध्यपुर ठिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठलगायतको सहभागीता रहेको थियो।


प्रतिक्रिया दिनुहोस !