७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

कोशीमा नयाँ सरकार गठनको आव्हान भएपछि मुद्दा हाल्न मुख्यमन्त्री कार्की बिहानै काठमाडौं लागे



विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएपछि आज बिहानै मुख्यमन्त्री केदार कार्की काठमाडौँ लागेका छन् । प्रदेश प्रमुख खापुङले गरेको सरकार गठनको आव्हान संविधान सम्मत नभएको भन्दै कार्की सर्वोच्च अदालत जाने तयारीमा छन् । उनले आजै सर्वोच्चमा अन्तरिम आदेश माग गर्दै मुद्दा दर्ता गर्ने तयारी गरेको स्रोतले बतायो । उता, एमाले माओवादीले भने आजै नयाँ मुख्यमन्त्रीको रूपमा हिक्मतकुमार कार्कीको दाबी पेस गर्ने तयारी गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले आजै सांसदहरूको हस्ताक्षर सनाखत गराएर मुख्यमन्त्री नियुक्ति र शपथ गराउने तयारी गरेका छन् । केन्द्रमा पुनः एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि कार्की तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन् । दाबी पेश गरेलगतै समर्थकको सनाखत गराएर प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कार्कीलाई एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थन छ ।


प्रतिक्रिया दिनुहोस !