७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

रवि थप अप्ठ्यारोमा, पैसा अपचलनको प्रहरी अनुसन्धान प्रतिवेदन कांग्रेस बैठकमा बाँडियो



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकमा सहकारीको रकम अपचलनबारे रुपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन बाँडिएको छ। बैठकमा सहभागी नेताहरुका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले नै रूपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन सांसदहरुलाई दिन भनेका जनाइएको छ।

उक्त प्रतिवेदनमा रवि लामिछानेको नाम उल्लेख भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। प्रहरी अनुसन्धानका आधारमा रुपन्देही सरकारी वकिलको कार्यालयले यही वैशाख ३ गते अदालतमा दर्ता गरेको अभियोजनपत्रमा लामिछानेले प्रक्रिया पूरा नगरी कर्जा लिएको उल्लेख छ।

यो विवरणका आधारमा आजको संसदमा आफ्ना धारण राख्न कांग्रेस सांसदहरुलाई भनिएको बैठकपछि एक नेताले जानकारी दिए। बैठकमा पार्टीका प्रमुख सचेतक रमेश लेखकले रुपन्देही प्रहरी अनुसन्धान प्रतिवेदनको विवरणका आधारमा नाम उल्लेख भएकामाथि सहकारी ऐन र फौजदारी संहिता आकर्षित हुने जनाएका छन्। सहकारी ऐन र फौजदारी संहिता आकर्षित हुने तर्कसहित संसदमा आफ्ना विषय राख्न कांग्रेस सांसदहरुलाई बैठकमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय