७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

ट्याक्टर दुर्घटनामा परी सुस्तामा एक जनाको निधन 



नवलपरासी पश्चिम, २८ वैशाख । पश्चिम नवलपरासीको सुस्तामा ट्याक्टर दुर्घटनामा परी एक  जनाको ज्यान गएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्। 

सुस्ता गाउँपालिका-३ बिगेटस्थित भित्री सडकखण्डमा कुडियाबाट रतनगन्जतर्फ जाँदै गरेको लु३त २८४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टँदा सुस्ता गाउँपालिका-५ का १३ वर्षका रोहित कंकरको मृत्यु भएको हो। टाउकोमा चोट लागेर गम्भीर घाइते भएका कंकरको उपचारका क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सुस्ता गाउँपालिका-४ नर्सहीका बस्ने २१ वर्षका सुकई मल्लाह घाइते भएका छन्। घाइतेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय