२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

कोरोना संक्रमित पूर्वमन्त्री सुनिल थापा अस्पताल भर्ना



काठमाडौं। केही दिन अघि कोरोना संक्रमण पुष्टि भएका पूर्वमन्त्री सुनिलबहादुर थापाको स्वास्थ्यमा समस्या बढेपछि आईतबार अस्पताल भर्ना भएका छन् । ज्वरो, रुघा र खोकी बढेपछि थापा दिउँसो काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आईसोलेशनमा भर्ना भएका हुन् ।

गृह जिल्ला धनकुटामा करिब एक महिना बसेर काठमाडौं फर्किए लगत्तै थापामा गत बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौंको स्टार अस्पतालमा परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएपछि थापा काठमाडौंको मालिगाउँस्थित घरमै ‘होम आईसोलेशन’ बसेका थिए । तर, ज्वरो, रुघा र खोकी बढेपछि थापा अस्पताल भर्ना भएका हुन् ।


प्रतिक्रिया दिनुहोस !