१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

मालपोत कार्यालय लहानमा भएको बम विस्फोटको जिम्मेवारी गोइत समूहले लियो



सिरहा : मालपोत कार्यालय लहानमा भएको बम विस्फोटको जिम्मेबारी जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ । विस्फोटको केहि समयपछि गोइतद्वारा हस्ताक्षरित विज्ञप्तीमा भ्रष्टाचार विरोधि अभियान अन्तर्गत बम कारबाही गरिएको जनाइएको छ । जारी विज्ञप्तीमा भनिएको छ ‘१२ बजेर ४७ मिनेटमा कारबाही स्वरुप प्रेसर कुकर बम विस्फोट गराएका छौं ।’ भ्रष्टाचार अपराध जारी नै रहे यस भन्दा उच्च स्तरको कारवाही हुने चेतावनी समेत विज्ञप्तीमार्फत दिइएको छ । साथै यसबाट उत्पन्न हुने परिणामको जिम्माबार नेपाल सरकार र प्रदेश सरकार हुने उल्लेख छ ।

बम विस्फोट भएको कार्यालयको पहिलो तल्ला स्थित मुठ फाँट नजिक टुक्रा टुक्रा भएको मोर्चाको पर्चा समेत भेटिएको छ । विस्फोटक पदार्थ रहेको झोलामै उतm पर्चा राखिएको थियो वा अन्य ठाउँमा यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । पर्चामा अध्यक्ष जयकृष्ण गोइतको हस्ताक्षर छ । पर्चामा लेखिएका हरफहरु प्रष्ट पढ्न नसकिनेगरी टुक्रा टुक्रा भएका छन । टुक्रा टुक्रा परेको पर्चा जाडेर प्रहरीले अनुसन्धान गर्ने जनाएको छ ।

विस्फोटबाट घाइते भएका सेवाग्राही धनगढीमाई नगरपालिका–४ का ३५ वर्षीय दिनेश कुमार भण्डारीलाई हेलिकप्टरबाट थप काठमाडौं लगिएको छ । उनको दायाँ तिर्घा बमको घर्राले क्षतविक्षत भएको छ । अत्याधिक रतmश्रावका कारण उनको अवस्था नाजुक बनेपछि कानून न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठको पहलमा हेलिकप्टर मगाएर काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपन दहालले बताए ।


प्रतिक्रिया दिनुहोस !