१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

कूल मतदाताको संख्या १करोड ६२ लाख ४३ हजार



काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । आयोगले अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार एक करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता छन् । सरकारले निर्वाचन घोषणा गरेपछि अध्यावधिक कार्य स्थगित गरेको थियो । वैशाखका लागि तोकिएको निर्वाचन भने रद्द भइसकेको छ । पुस ६ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिकसम्बन्धी कार्य चैत ५ गतेदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट सुरू गर्ने निर्णय आयोगले गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !