१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

सेयर बजारमा करेक्सन, ४५ अंकले घटेर नेप्से २७८३ मा झर्यो, कारोबार साढे १३ अर्बमाथि



साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा करेन्सन देखिएको छ। बजार ४५ अंकले घट्दै नेप्से परिसूचक २८८३ अंकमा झरेको छ।

आइतबार एकैदिन १७ अर्ब रुपैयाँको रेकर्ड कारोबार भएकोमा सोमबार भने १३ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ। सोमबार झण्डै तीन करोड कित्ता सेयर किनबेच भएको छ।

सोमबार २१ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको घटेको छ। बाँकी चार कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। सोमबार राधी विद्युत र सेन्ट्रल फाइनान्सको सेयर मूल्य बढेर सर्किट लाग्दा नारायणी विकास बैंक, लुम्बिनी विकास बैंकका सेयरधनीले ५ प्रतिशतभन्दा बढी कमाएका छन्।

यस्तै, वरुण हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, छ्याङ्दी हाइड्रोपावर, माउन्टेन हाइड्रो र रिडी हाइड्रोपावरको सेयर मूल्य आठ प्रतिशतभन्दा बढीले घटेको छ।

सोमबार सर्वाधिक राधी विद्युतको ९० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ।

लुम्बिनी विकास बैंकको ३९ करोड रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट र विकास कम्पनीको झण्डै ३२ करोड रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ३० करोड रुपैयाँ र ज्योति विकास बैंकको ३० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

लगानीकर्ताहरुले प्रोफिट बुकिङ गरेकाले सोमबार सेयर बजारमा करेन्सन देखिएको लगानीकर्ता छोटेलाल रौनियारले जानकारी दिए। दुई तीन दिनमा पैसा आउने वित्तिकै पुन: बजार बढ्ने उनले बताए।

सोमबार बजार घट्नुको पछाडी कुनै राजनैतिक कारण भने नरहेको रौनियारको जिकिर छ। शनिबार आएको बजेटको प्रावधानमा लगानीकर्ताहरुले चित्त नबुझाएको भए आइतबार नै बजारले त्यसको जवाफ दिने भएपनि बढेको उनले बताए।

बैंक ब्याज पनि सस्तो नै भएकाले सोमबारको कारोबार करेक्सन मात्रै भएको दाबी रौनियारको छ।


प्रतिक्रिया दिनुहोस !