काठमाडौं : नेकपा एमालेबाट निस्कासित पूर्वप्रधानमन्त्री द्वय माधवकुमार नेपाल– झलनाथ खनाल पक्षले स्थायी कमिटीको बैठक बोलाएको छ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि आइतबार ६ बुँदै प्रस्ताव राख्नुभएको छ । उक्त प्रस्तावबारे छलफल गर्न नेपाल-खनाल पक्षले बैठक बोलाएको हो । बैठक सोमबार बिहान ११ बजेलाई भर्चुअल मार्फत बस्दै छ ।
आइतबार नेकपा एमाले एकताका लागि आव्हान गर्दै पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउन आफू तयार रहेको अध्यक्ष ओलीले बताउनुभएको थियो । वरिष्ठ खनाल–नेपाल समूहले एमाले जेठ २ को अवस्थामा फर्किए पार्टी एकता कायम रहने बताउँदै आएका थिए । स्थायी कमिटी बैठकबाट अध्यक्ष ओलीको प्रस्तावबारे अन्तिम निर्णय गरिने बताइएको छ ।