१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन् । आज ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन लागेका हुन् । संविधानको धारा १ सय ६८ को ५ बमोजिम नियुक्त मुख्यमन्त्री पोखरेललाई उहाँको दल नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एकजना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन रहेको छ ।

संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भए पनि मुख्यमन्त्री पोखरेलले नियुक्त भएको एक सातामै विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिनु दुई दिन अघि प्रदेशसभामा जानकारी गराउनुपर्ने व्यवस्था अनुसार पोखरेलले बुधबार नै प्रदेशसभा सचिवालयमा जानकारी गराइसकेका छन् । उहाँले विश्वासको मत पाउन नसके संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा भंग गरी ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ । गण्डकी प्रदेशसभामा हाल ५९ सांसद रहेका छन् । प्रदेश प्रमुख सीता पौडेलले जेठ २९ मा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिईन् ।


प्रतिक्रिया दिनुहोस !