२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

युनियन लाइफको आइपीओमा पहिलो दिननै डेढ गुणा बढी माग, पाँच लाख बढीले दिए आवेदन



युनियन लाइफ इन्स्योरेन्सको आइपीओ बिक्रि खुला गरेको पहिलो दिननै करिब डेढ गुणा माग भएको छ।

कम्पनीको ६४ लाख ५० हजार कित्ता आइपीओ मध्ये सामुहिक लगानी कोष र कर्मचारीलाई ५/५ प्रतिशत छुट्ट्याएर बाँकी रहेको ५८ लाख पाँच हजार कित्ता सेयर सर्वसाधारणको लागि बिक्रि खुला गरेको छ।

असार २४ गतेदेखि २८ गते सम्म आवेदन दिन सकिने आइपीओमा पहिलो दिननै ९१ लाख ६०० कित्ता सेयरको लागि आवेदन परेको बिक्रि प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।

उक्त माग गरेको सेयर संख्या बिक्रिमा राखिएको ६४ लाख ५० हजार कित्ताको १.४१ गुणा बढी हो।

बिहिबार बेलुका ५ बजेसम्मको तथ्याङ्कमा पाँच लाख १० हजार ९४५ जना आवेदकले ९१ लाख ६०० कित्ता सेयर माग गरेका छन्।

माग भन्दा बढी आवेदन परेसँगै कम्पनीको आइपीओमा असार २८ गते सोमबार कार्यालय समयभित्र मात्रै आवेदन दिन सकिने छ।


प्रतिक्रिया दिनुहोस !